ब्राउनसुगरसहित एकजना पक्राउ

कैलाली। धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट करिब २ ग्राम ८२० मिलिग्राम ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन्।

सोही ठाउँ बस्ने २७ वर्षीय अभिषेक गौतमलाई प्रहरीले पक्राउ गरेको हो।

उनकै घरमा लुकाई राखेको उक्त लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्