काठमाडौं। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ परेका छन्।
अमेरिका लैजाने भन्दै रकम लिएर ठगी गर्ने उनीहरूलाई मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा ललितपुर उपमहानगरपालिका-७ बस्ने रवि भन्ने ३२ वर्षीय रिकेश महर्जन र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ बस्ने २२ वर्षीया कमला लामा रहेका छन्।
उनीहरूले २ जना व्यक्तिलाई साउन २०७६ मा अमेरिका लैजाने भन्दै काठमाडौंबाट मलेसिया हुँदै फिलिपिन्सको मनिलासम्म पुर्याई शारीरिक तथा मानसिक यातना समेत दिई बन्धक बनाई राखेको खुल्न आएको ब्यूरोले जनाएको छ। मानव तस्करहरूले पक्राउ परेकाहरूसँग ४१ लाख ६० हजार रूपैयाँ ठगी समेत गरेका छन्।
ब्यूरोका अनुसार पक्राउ परेका रवि र कमलाउपर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारबाही थालिएको छ।
" /> काठमाडौं। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ परेका छन्।अमेरिका लैजाने भन्दै रकम लिएर ठगी गर्ने उनीहरूलाई मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

">