कैलालीमा भेटियाे लोपोन्मुख सालक
<p>कैलाली। कैलारी गाउँपालिका-५ स्थित बंगालीपुर टोलमा अति दुर्लभ मानिने सालक फेला परेको छ।</p>
<p style="text-align: justify;">करिब पाँच किलो तौल भएको संरक्षित वन्यजन्तु अन्तर्गत पर्ने सालक फेला परेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताए। उनले सालकको उद्धार गरिएको बताउँदै उक्त सालकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिने बताए।</p>
<p style="text-align: justify;">डिभिजन प्रमुख कँडेलले संरक्षित वन्यजन्तु अन्तर्गत पर्ने सालक नेपालमा अति लोपोन्मुख वन्यजन्तुको रुपमा रहेको जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
