गलकोट। ढोरपाटन नगरपालिकामा १७ भदौ रातिको बाढीले राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी-ढोरपाटन सडक खण्डमा ठूलो क्षति पुर्याएको छ।
ढोरपाटनको देउराली नजिकै सुर्तिवाङमा खसेको पहिरोले खोला थुनिएर अचानक फुटे पछि भूजीखोलाको बाढीले वडा नम्बर ५, ६, ७, ८ र ९ का तटीय बस्तीमा क्षति पुर्याउनुका साथै करिब १० किलोमिटर सडक बगाएको छ।
बाढीले सबैभन्दा बढी वडा नम्बर ९ मा जनधनको क्षति गरेको छ। बाढीले भूजीखोलाको किनाराबाट गएको सालझण्डी-ढोरपाटन सडकसहित ११ लघुजलविद्युत् आयोजना, २ विद्यालय, एक स्वास्थ्य चौकी र ११ झोलुङ्गे पुल बगाएको ढोरपाटन नगरपालिकाले जनाएको छ। सडक बगाउँदा उद्दार र राहतमा समेत सकस भएको छ। जिल्ला सदरमुकामदेखि करिब १२१ किलोमिटरको दूरीमा रहेको बाढीग्रस्त क्षेत्रमा राहत पुर्याउन नसक्दा प्राप्त राहत पनि बुर्तिवाङमै थन्किएको छ।
सालझण्डी ढोरपाटन सडक आयोजनासँगको सहकार्यमा तत्कालै सडक खुलाउने गरी काम भइरहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए।
“धेरै ठाउँमा बाढीले सडक बगाएको छ, भूजीखोलाको तिरैतिर सडक भएका कारण खोलाले अधिकांश सडक कटान गरेको हो”, उनले भने “तत्कालै बाढीग्रस्त क्षेत्रमा सडक पुर्याउन असम्भव रहे पनि सडक सञ्चालन प्रयास जारी छ, तीन वटा डोजरले काम गरिरहेको छ।” तीन दिनदेखि निरन्तरको प्रयासमा बोबाङको ढोकड गाउँमा यातायात पुग्नेगरी सडक सञ्चालन गरिएको छ। रासस
" /> गलकोट। ढोरपाटन नगरपालिकामा १७ भदौ रातिको बाढीले राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी-ढोरपाटन सडक खण्डमा ठूलो क्षति पुर्याएको छ।ढोरपाटनको देउराली नजिकै सुर्तिवाङमा खसेको पहिरोले खोला थुनिएर अचानक फुटे पछि भूजीखोलाको बाढीले वडा नम्बर ५, ६, ७, ८ र ९ का तटीय बस्तीमा क्षति पुर्याउनुका साथै करिब १० किलोमिटर सडक बगाएको छ।

">