ब्राउन सुगरसहित एक युवक पक्राउ
<p>कैलाली। प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उपमहानगरपालिका -८ क्याम्पस चोक बस्ने अभिषेक गौतम रहेको प्रहरीले जनाएको छ।</p>
<p>प्रहरीले विशेष सूचनाका आधारमा उनी सुत्ने कोठाबाट २ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर फेला पारेको बताइएको छ।</p>
<p>पक्राउ परेका गौतममाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।</p>
<p><img alt="" src="https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/118959160_369104867449484_7700307325811555413_n.jpg?_nc_cat=107&_nc_sid=ae9488&_nc_ohc=B7Ugvu6D7EEAX906G0X&_nc_ht=scontent.fktm3-1.fna&oh=55dd9d637d87ecf9450ce45b5d6413f7&oe=5F7F3F2D" /></p>
प्रतिक्रिया दिनुहोस्
