बैतडी सामूहिक बलात्कार अपडेट: फरार रहेका थप दुई पक्राउ
<p>कैलाली। बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा फरार रहेका थप दुईजनालाई प्रहरीले नियन्त्रणमा लोएको छ।</p>
<p>प्रहरीले सिगास गाउँपालिका ८ का धानुक भन्ने धन बहादुर बोहरा र दान बहादुर बोहारलाई नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् निमित्त प्रमुख एसएसपी मुकेश कुमार सिंहले बताए। उनले पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय बैतडी ल्याउदै गरेको जानकारी दिए।</p>
<p>किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले यसअघि ३ जनालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएकाहरुमा शिक्षक खडकबहादुर बोहरा, सिगास गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहरा रहेका छन्। उनीहरूले युवतीलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको छ।</p>
<p>आरोपित सबैलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने उनले बताए।</p>
प्रतिक्रिया दिनुहोस्
