प्रधानसेनापति थापाले गरे अनिष्टको संकेत, भने- कोरोना महामारीले सुरक्षा चुनौती थपिन्छ, कुनै समूह प्रायोजित रूपमै बम-बारुदको बाटोमा अघि बढ्न सक्छ
काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना महामारीले आगामी दिनमा सुरक्षा चुनौती बढाउने बताएका छन्। सुरक्षा चुनौती बढ्दा देशको शान्ति तथा सुरक्षामा पनि असर गर्नसक्ने उनले जनाए।

“विदेशबाट फर्किएका युवाहरुको बेरोजगारीको समस्याले अस्थिरता र अन्योल निम्त्याउन सक्दछ। फलत: बढ्दो जन आकाङ्क्षाबीच सुरक्षा चुनौती थपिने सम्भावना पनि त्यत्तिकै छ," प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दुई पूरा भएको अवसरमा आज उच्च सैनिक अधिकृतहरुलाई सम्बोधन गर्दै थापाले भने, “लोकतान्त्रिक पद्धति स्थापित भइसकेको वर्तमान अवस्थामा पनि परिस्थितिको लाभ उठाउँदै केही समूह व्यक्तिगत स्वार्थका लागि वा प्रायोजित रुपमा नै बम बारुदको बाटोमा अझै अगाडि बढ्न सक्ने सम्भावना पनि म देख्दछु।”

कोरोना महामारी फैलिँदै गएको वर्तमान परिस्थितिमा आगामी केही महिना सैनिक गतिविधिहरु अझै खुम्चिन सक्ने उनले जनाए। उनले थपे, “महामारी जति फैलिन्छ, हाम्रा स्थानीय, प्रादेशिक र  राष्ट्रिय क्षमताहरुमाथि त्यति नै दवाब थपिंदै जान्छन्। यसबाट स्वास्थ्य समस्या मात्रै थपिदैन, सामाजिक, आर्थिक गतिविधि सङकुचित हुन्छ।”

प्रायोजित अशान्ती तथा विभिन्न प्रयोगको सिलसिला र मनोगत निहित स्वार्थको कारणले मात्रै नभई, क्षेत्रीय र अन्तर्राष्ट्रिय कारणले पनि नेपालको राष्ट्रिय जीवन आगामी केही वर्ष तरल रहने प्रधानसेनापतिले बताए।

“तसर्थ शान्ति, सुरक्षा, स्थायित्व, विकास र समृद्धिका लागि नागरिक, सेना र सरकारको त्रिकोणीय सम्बन्ध आगामी दिनहरुमा महत्वपूर्ण हुँदै जानेछ,” प्रधानसेनापति थापाले भने।

राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्ने विषयमा संवैधानिक दायित्व निर्वाह गर्ने क्रममा आम नेपालीको भावना नेपाली सेनाले सदैव प्रतिविम्बित गर्ने प्रतिवद्धता उनले जनाए।

“हुँदै नभएका विषयमा समेत सेना र सरकारबीच असामञ्जस्यता ल्याउन विभिन्न माध्यमहरु निरन्तर प्रयोग हुनसक्ने सम्बन्धमा पनि हामी सचेत रहनुपर्दछ,” उनले भने।

प्रधानसेनापति थापाले अब बाँकी रहेको एक वर्षको कार्यकालमा सकारात्मक साङ्गठनिक वातावरण निर्माण गर्न लिइएका कदम र हासिल भएका उपलब्धिहरुलाई संस्थागत र सुदृढीकरण गर्दै लैजाने बताए।

गलत र साङ्गठनिक हित विपरीतका प्रवृतिमा सुधार नगरी नेपाली सेनालाई आधुनिक सेनामा रुपान्तरण गर्ने कुराको परिकल्पना गर्न नसकिने विश्वास उनले व्यक्त गरे।

“कोरोना भन्दा पनि ठूलो अर्को चुनौती मैले अझै सकारात्मक सोच नराख्ने, गलत प्रवृतिलाई वढावा दिने, सङ्गठनको मानमर्दन गर्ने तथा व्यक्तिगत लाभ र स्वार्थको विषयलाई साङ्गठनिक स्वार्थभन्दा माथि राख्ने प्रवृतिलाई नै लिएको छु,” सम्बोधनका क्रममा प्रधानसेनापति थापो सैनिक संगठनमा सुधारको खाँचो औल्याए। सेना भित्र हुने फरक विचार र आलोचनाहरु साङ्गठनिक हितमा केन्द्रित हुनुपर्ने उनले जनाए।

प्रतिक्रिया दिनुहोस्