नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
काठमाडाैं। नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ।

सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएको सुक्खा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो।

उक्त सडकखण्डमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । दुईवटा रुखसहित खसेको पहिराले दुई घण्टा सडक अवरुद्ध बनेको थियो।

आज बिहान परेको मुसलधारे पानीले सो सडकखण्डअन्तर्गत अन्य क्षेत्रमा पनि लेदो झरेको र त्यो सफा गर्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए।

रासस

प्रतिक्रिया दिनुहोस्