तीन जना मृत अवस्थामा फेला

काठमाडौं। धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ ताल्तीस्थित दर्लाङ गाउँ बस्ने ४५ बर्षीय दिल बहादुर चेपाङ बरडाँडास्थित कुलोमा मृत अवस्थामा फेला परेका छन्।

भक्तपुरको सूर्यबिनायक नगरपालिका–९ नलिन्चोक खत्री गाउँस्थित खाली जग्गामा हाल पहिचान नखुलेको मानिस मृत फेला परेका छन्।

रोल्पाको रोल्पा नगरपालिका–१० धाङसी खोलामा हाल पहिचान नखुलेकी करिब ४५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन्।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्