१५ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा १४ वर्षे किशोर पक्राउ

काठमाडौं। छुटुटाछुट्टै बलात्कारका घटनाका तीन जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।

सप्तरीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा बोदेवर्साइन नगरपालिका–३ गौरा बस्ने सिरहा भगवानपुर गाउँपालिका–१ भगवानपुर घर भएका १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कडरवोनाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

३१ वर्षीया र ३६ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा कास्कीको पोखरा महानगरपलिका–७ शान्तिनगर ठेगाना भएका ३७ बर्षीय बामदेव सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ।

विभिन्न डर, धाकधम्की तथा प्रलोभन देखाई ती महिलाहरुलाई छुट्टाछुट्टै समयमा बलात्कार गरेको भन्ने खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पोखरा महानगरपालिका–७ बाट पक्राउ गरेको हो।

रुपन्देहीमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा चर्वारी–६ हडसरी बस्ने १९ वर्षीय इसरार पठानलाई मंगलबर साँझ प्रहरीले पक्राउ गरेको छ।

खेतमा घाँस काट्ने क्रममा ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ठर्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्