लुटपाटमा संलग्न रहेको आरोपमा चार जना पक्राउ <p>काठमाडौं।&nbsp;शंखरापुर नगरपालिका&ndash;३ लप्सेफेदीस्थित जंगलमा करिब २५ हजार रुपैयाँ लुटपाट गरेको आरोपमा सोही नगरपालिका&ndash;१ बस्ने २४ वर्षीय अनिल तामाङ लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>सिन्धुपाल्चोकबाट काठमाडौंतर्फ आउँदै गरेका ४५ वर्षीय ज्ञानेन्द्र प्रसाद खतिवडालाई ४ जनाको समूहले कुटपिट गर्नुका साथै साथमा रहेको उक्त नगद लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।</p> <p>घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्