बारा। लागुऔषध मुद्दाका फरार आरोपी कोल्हवी नगरपालिका-५ सोनाभार टोल बस्ने सनी भनिने २२ वर्षीय गौरीशंकर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
कोल्हवी नगरपालिका-९ श्रीपुरस्थित सडकमा भदौ १५ गते बिहान सवारीसाधन जाँच गर्ने क्रममा सशस्त्र प्रहरी बलको टोलीलाई देख्नासाथ प्रदेश नं. ३-०१-०२२ च ८१३४ नम्बरको कार चालकले उक्त कार छाडी भागेपश्चात कार जाँच गर्ने क्रममा १६५ किलो अवैध लागुऔषध गाँजा फेला परेको थियो।
अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनलाई उनकै गाउँघरमा लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> बारा। लागुऔषध मुद्दाका फरार आरोपी कोल्हवी नगरपालिका-५ सोनाभार टोल बस्ने सनी भनिने २२ वर्षीय गौरीशंकर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।कोल्हवी नगरपालिका-९ श्रीपुरस्थित सडकमा भदौ १५ गते बिहान सवारीसाधन जाँच गर्ने क्रममा सशस्त्र प्रहरी बलको टोलीलाई देख्नासाथ प्रदेश नं. ३-०१-०२२ च ८१३४ नम्बरको कार चालकले उक्त कार छाडी भागेपश्चात कार जाँच गर्ने क्रममा १६५ किलो अवैध लागुऔषध गाँजा फेला परेको थियो।

">