काठमाडौं। धादिङको गजुरी गाउँपालिका-२ मजुवाडाँडास्थित सडकबाट ५ किलो गाँजासहित खोटाङ झाल्टाङ गाउँपालिका-७ बस्ने सुमन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले प्र-०२-०११ प ४३५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी मोटरसाइकलमा सवार कार्कीलाई पक्राउ गरेको हो।
त्यस्तै सुनसरीको कोशी गाउँपालिका-५ मुसहरी टोलबाट लागूऔषध ६१६ पिस स्पास्मो, २० पिस नाईट्रोजन र २२ एम्पुल डाइजेपामसहित सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय ईक्राबुल मन्सुरी लगायत २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंका लागि जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
" /> काठमाडौं। धादिङको गजुरी गाउँपालिका-२ मजुवाडाँडास्थित सडकबाट ५ किलो गाँजासहित खोटाङ झाल्टाङ गाउँपालिका-७ बस्ने सुमन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले प्र-०२-०११ प ४३५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी मोटरसाइकलमा सवार कार्कीलाई पक्राउ गरेको हो।

">