काठमाडौं। काठमाडौं महानगरपालिका-२१ न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँच करोड ६७ लाख रूपैयाँ ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-३१ बस्ने ४४ वर्षीय राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको छ।
उक्त सहकारीको प्रबन्धक पदमा ७ वर्षसम्म कार्यरत रहँदा हिसाब तथा सहकारीको बैंक खाता सञ्चालनसमेतको सम्पूर्ण जिम्मा लिई हिसाबको विवरण नदेखाई रकम ठगी गरेको आरोप उनीमाथि लगाइएको छ।
रकम ठगी गरी फरार रहेका खड्कीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-२३ धापाखेलबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकू पठाइएको उक्त महाशाखाले जनाएको छ।
" /> काठमाडौं। काठमाडौं महानगरपालिका-२१ न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँच करोड ६७ लाख रूपैयाँ ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-३१ बस्ने ४४ वर्षीय राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको छ।उक्त सहकारीको प्रबन्धक पदमा ७ वर्षसम्म कार्यरत रहँदा हिसाब तथा सहकारीको बैंक खाता सञ्चालनसमेतको सम्पूर्ण जिम्मा लिई हिसाबको विवरण नदेखाई रकम ठगी गरेको आरोप उनीमाथि लगाइएको छ।

">