काठमाडौं। बलिउड अभिनेत्री कंगना रनौतको अफिस भत्काइएको छ। अवैध रूपमा निर्माण गरिएको भन्दै बृहन्मुम्बई महानगरपालिका (बीएमसी) ले डोजर प्रयोग गरी मुम्बईस्थित उनको कार्यालय भत्काएको हो।
भत्काउनुअघि महानगरले दुई पटक सूचना पठाएको थियो। हाल हिमाञ्चल प्रदेशमा रहेकी कंगना सरकारी सुरक्षासहित मुम्बई हिँडेकी छिन्। उनी बाटोमै रहेका बेला महानगरले उनको कार्यालय डोजर, क्रेन तथा हथौडाले भत्काएको हो।
कंगनाले ट्वीटर मार्फत उक्त अफिस आफ्नो अफिस नभएर 'राम मन्दिर' भएको प्रतिक्रिया दिएकी छिन्। उनले लेखेकी छिन्,'मिणकर्णिका फिल्ममा पहिलो चलचित्र अयोध्याको घोषणा भयो। यो मेरो लागि अफिस नभएर राम मन्दिर हो। आज यहाँ बाबर आयो। आज इतिहास फेरि दोहोर्याइनेछ। आज भत्काइएको राम मन्दिर फेरि बन्नेछ। जय श्री राम।'
बीएमसीले अफिसको भूँईतलामा भान्सा, शौचालय, क्याबिन, पूजा कोठासहितका कयौं संरचनाको निर्माण अवैध तरिकाले गरेको दाबी गरेको छ। अफिस भत्काएपछि उनले लगातार चार ट्वीट गरेकी छिन्। उनले मुम्बईलाई पाकिस्तान प्रशासित काश्मिरसँग तुलाना गरेकी छिन्।
केही दिन अगाडि उनले चलचित्रका गुण्डाभन्दा मुम्बई प्रहरीसँग बढी डर लाग्ने गरेको बताएकी थिइन्। उनले आफूलाई हिमाञ्चल प्रदेश वा केन्द्र सरकारलाई सुरक्षा दिन समेत माग गरेकी थिइन्। उनलाई केन्द्र सरकारले वाई प्लस सुरक्षा प्रदान गरेको छ।
" /> काठमाडौं। बलिउड अभिनेत्री कंगना रनौतको अफिस भत्काइएको छ। अवैध रूपमा निर्माण गरिएको भन्दै बृहन्मुम्बई महानगरपालिका (बीएमसी) ले डोजर प्रयोग गरी मुम्बईस्थित उनको कार्यालय भत्काएको हो।भत्काउनुअघि महानगरले दुई पटक सूचना पठाएको थियो। हाल हिमाञ्चल प्रदेशमा रहेकी कंगना सरकारी सुरक्षासहित मुम्बई हिँडेकी छिन्। उनी बाटोमै रहेका बेला महानगरले उनको कार्यालय डोजर, क्रेन तथा हथौडाले भत्काएको हो।

">