कैलाली। बैतडीकी एक बालिका सुत्केरी भएपछि बलात्कारको घटना सार्वजनिक भएको छ।
सिगास गाउँपालिकाकी १७ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले स्थानीय शिक्षकसहित तीनजनालाई पक्राउ गरेको छ।
बालिकामाथि उनैलाई पढाउने शिक्षक खडकबहादुर बोहरा, सिगास गाउँपालिकाका कर्मचारी केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटक-पटक बलात्कार गरेको आरोप लागेपछि उनीहरू पक्राउ परेका हुन्।
शिक्षक बोहराले पहिलो पटक गत कार्तिकमा बालिकाको घरमा कोही नभएको बेला बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पछि उनै शिक्षकको आडमा केशव र केशवले रामसिंहलाई बालिका बलात्कार गर्न लगाएको खुलेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। बलात्कार घटनामा अन्य दुईजानको समेत संलग्न रहेकोले उनीहरूको खोजी भइरहेको अधिकारीले जानकारी दिए।
सामूहिक बलात्कारको शिकार बनेकी बालिकालाई कसैलाई भने मार्ने धम्की दिइएको थियो।
बालिका गर्भवती भएको थाहा पाएपछि गाउँलेहरूकै सहमतिमा बालिकाको सुर्खेतमा विवाह गरिएको थियो। तर विवाहको ६ महीनामै बालिका सुत्केरी भएपछि घरबाट उनलाई निकालिएको थियो।
यसरी एउटा बालिका आफन्तबाटै लगातार बलात्कारको शिकार हुँदा गाउँका अगुवाहरूले नै घटना लुकाउने प्रयास गरेको बालिकाको बयानबाट खुलेको प्रहरीले जनाएको छ। पीडित बालिकालाई उद्धार गरी बालिका र नवजात शिशुलाई सुरक्षित गृहमा राखिएको छ।
संचारमाध्यममा घटना सार्वजनिक भएपछि प्रहरीले सक्रियता देखाएको हो।
" /> कैलाली। बैतडीकी एक बालिका सुत्केरी भएपछि बलात्कारको घटना सार्वजनिक भएको छ।सिगास गाउँपालिकाकी १७ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले स्थानीय शिक्षकसहित तीनजनालाई पक्राउ गरेको छ।

">