सत्तामा हुँदा पनि कालापानीको विषय उठाएकै हुँ: सभापति देउवा <p>काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा पनि कालापानीको विषय जोडदाररूपमा उठाएको &nbsp;बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले वर्तमान सरकारले लिपुलेक, कालापानीलगायत सीमा अतिक्रमणका विषय शसक्तरुपमा उठान नगरेको आरोप पनि लगाए ।</p> <p>&nbsp;&ldquo;कालापानी नेपालको भू&ndash;भाग हो&rdquo;, देउवाले भने, &ldquo;मैले बेला&ndash;बेला कालापानीको विषय उठाउँदै आएको छु ।&rdquo; महाकाली सन्धीमा महाकाली नदी सीमा नदी उल्लेख गरिएको दाबी गर्दै देउवाले महाकालीको पानी पनि आधा&ndash;आधा हुने सन्धीमै स्पष्ट रहेको पनि बताए । <strong>रासस</strong></p>
प्रतिक्रिया दिनुहोस्