कमलबजार नगरपालिका कार्यालयमा बम विस्फोट <p>अछाम। नेत्रविक्रम चन्द समूहले गए&nbsp;राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ। राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसर कुकुर बम विस्फोट गराएको प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।</p> <p>विस्फोटबाट ठूलो क्षति नभएको उनकाे भनाइ छ। तार जोडेर करिब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ। प्रहरीले विस्फोट गराउने समूहको खोजी गरिरहेको छ।</p> <p>नगरपालिका कार्यालयको ढोका नजिक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले बताए। यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदलाई लक्षित गरी उनको निवासमै अज्ञात समूहले गोली प्रहार गरेको थियो। नगरपालिका कार्यालयमै बम विस्फोट भएपछि कर्मचारी त्रसित बनेका छन्। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्