काठमाडौं। भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोनाभाइरस विरुद्ध रुसले तयार पारेको 'स्पुतनिक भी' खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महीनाभित्र भेनेजुएला आइपुग्ने बताएका छन्।
भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति मदुरोले रुसी खोपलाई भेनेजुएलामा परीक्षण गरिने जानकारी गराएका हुन्।
आगामी राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुने सबैलाई उक्त खोप दिने बारेमा राष्ट्रिय निर्वाचन आयोगका पदाधिकारीसँग कुरा भइरहेको पनि उनले बताए। चुनावमा करिब १४ हजार ४०० जना उम्मेदवार हुने सम्भावना छ।
रुसको गामालेया केन्द्रले निर्माण गरेको कोभिड-१९ को खोपलाई रुस सरकारले औपचारिक मान्यता प्रदान गरिसकेको छ।
रुसी खोप उत्पादनकर्ता रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का प्रमुख कार्यकारी किरिल डिमिट्रेभले विश्वका २० भन्दा बढी मुलुकले अर्बौं डोजका लागि आवेदन दिइसकेको बताएका छन्।
उनले रुसी खोप विश्वका पाँच वटा राष्ट्रमा उत्पादनका लागि रुसले सहमति दिइसकेको पनि जानकारी दिए।
रासस/एएनआई
" /> काठमाडौं। भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोनाभाइरस विरुद्ध रुसले तयार पारेको 'स्पुतनिक भी' खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महीनाभित्र भेनेजुएला आइपुग्ने बताएका छन्।भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति मदुरोले रुसी खोपलाई भेनेजुएलामा परीक्षण गरिने जानकारी गराएका हुन्।

">