काठमाडौं। सरकारले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षामा गम्भीरता देखाएको छ। छिमेकी राष्ट्र भारतबाट सीमा मिच्ने क्रम निरन्तर भएपछि सरकार आफ्नो देशको सीमा रक्षा गर्न गम्भीर देखिएको हो।
सीमा सुरक्षाका लागि सरकारले सीमा निगरानी पोष्ट (बीओपी) धमाधम स्थापना गर्दै आएको छ। हाल देशको सीमा रक्षार्थ १५६ वटा बीओपी स्थापना भएका छन्।
मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०७७/७८ मा बीओपीको सङ्ख्या बढाएर २११ वटा पुर्याउने निर्णय यसअघि नै गरिसकेको छ।
“हाम्रो अन्तर्राष्ट्रिय सीमा सुरक्षार्थ बीओपी स्थापना गरी सुरक्षाकर्मी तैनाथ गरेर सीमामा निगरानी बढाउने कार्य हुँदै आएको छ । आवश्यकताको आधारमा थप्दै जाने हाम्रो तयारी छ।”
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्रबहादुर बुढाले आवश्यकताको आधारमा बीओपी थप्दै जाने बताए। तेस्रो चरणसम्ममा बीओपी सङ्ख्यालाई ५०० सम्म पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ।
“हाम्रो अन्तर्राष्ट्रिय सीमा सुरक्षार्थ बीओपी स्थापना गरी सुरक्षाकर्मी तैनाथ गरेर सीमामा निगरानी बढाउने कार्य हुँदै आएको छ,” उनले देखापढीसँग भने, “आवश्यकताको आधारमा थप्दै जाने हाम्रो तयारी छ।”
नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई छ। सरकारले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा बीओपी स्थापना गर्दै आएको छ। जहाँ २० देखि ३५ जनासम्म सशस्त्र प्रहरी छन्। उनीहरू मुख्यत: सीमा निगरानीमा केन्द्रित छन्।
सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) तथा प्रवक्ता राजु अर्यालले सीमा निगरानी गर्दै सीमा सुरक्षाको अतिरिक्त सीमा स्तम्भको रक्षा र सीमा अपराध नियन्त्रणमा पनि बीओपीको भूमिका रहेको बताए।
उनका अनुसार बीओपीले सीमापार चोरी पैठारी नियन्त्रण र नेपाली नागरिकलाई सीमापार आवातजावतमा सहजीकरण पनि गर्दै आएको छ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को संक्रमणपछि भने नेपाल–भारत क्षेत्रको नाकाहरूबाट मात्रै नेपाली नागरिकलाई प्रवेश गराउने र भारतीय नागरिकलाई प्रवेश नदिने बीओपीमा रहेका सशस्त्र प्रहरीले जिम्मेवारी पाएको छ।
“बीओपीमा रहेका हाम्रा जनशक्तिले सीमामा निगरानी गर्दै आएको छ, जसबाट सीमा र सीमा स्तम्भको सुरक्षासँगै सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रणमा सहयोग पुगेको छ,” उनले भने, “चोरी निकासी, पैठारी नियन्त्रण जस्ता कार्यमा पनि बीओपीको भूमिका छ।”
सरकारले नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेपछि पश्चिमी सीमा क्षेत्र कालापानी नजिक छाङरूमा सशस्त्र प्रहरीको बीओपी राखेको छ। तराई क्षेत्रमा अझ बढी बीओपी राखेको छ। देशको पूर्वी क्षेत्रको अन्तर्राष्ट्रिय सीमा पाँचथरको चिवाभञ्ज्याङमा शनिबार बीओपी स्थापना भएको छ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले सीमा सुरक्षार्थ बीओपी थप्दै जानु राम्रो भएको बताए। अझ छोटो दूरीमा बीओपी राख्नुपर्ने उनको सुझाव छ। बीओपीको दूरी जति छोटो भयो त्यति नै सीमा स्तम्भको सुरक्षा र सीमा सुरक्षा हुने उनी बताउँछन्।
गृहमन्त्री रामबहादुर थापाले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षार्थ सुरक्षा निकायको उपस्थिति बढाउने कार्यलाई प्राथमिकता दिएका छन्।
उनले गृह मन्त्रालयको नेतृत्त्व सम्हालेपछि ६९ वटा बीओपीको सङ्ख्या थपिएका छन्। त्यसअघि ८७ वटाको सङ्ख्यामा बीओपी थिए। यसलाई बढाएर क्रमश: ५०० को सङ्ख्यामा पुर्याउने गृह मन्त्रालयको लक्ष्य छ।

“बाक्लो गरी बीओबी राखियो भने सीमा अतिक्रमण रोकिँदै जान्छ, अहिले अलिक पातलो छ र बीओपीको सङ्ख्या पुगेको छैन,” उनले भने, “घना रूपमा राखिएको अवस्थामा सीमा मिचिने क्रम घट्छ, सीमा स्तम्भहरू भत्काउने र गायव गर्ने काम क्रम पनि घट्छ।”
नेपालले भारतीय सीमा क्षेत्रमा आठ देखि १० किलोमिटरको दूरीमा बीओपी राखेको छ। जबकि, भारतले दुई देखि तीन किलोमिटरको दूरीमा सीमा सुरक्षा बल राखेको छ। सीमा सुरक्षा बलको पोष्ट नै ५०३ वटा छ। नेपालमा बीओपी १५६ वटा छ। सङ्ख्यात्मक रूपमा भारतको भन्दा नेपालको निक्कै कम हो।
अर्कोतर्फ, भारतले प्रत्येक सीमा सुरक्षा बलको पोष्टमा ५० देखि ५५ जनासम्म सुरक्षाकर्मी तैनाथ गर्दै आएको छ। नेपालमा २० देखि ३५ जनासम्म मात्रै छ। यस्तो अवस्थामा सीमा क्षेत्रको प्रभावकारी सुरक्षाका लागि सशस्त्र प्रहरीको जनशक्ति बढाउनेदेखि बीओपीको सङ्ख्या थप्ने कार्यमा सरकार लाग्नुपर्ने सीमाविद् श्रेष्ठले सुझाए।
“भारतमा अहिले ४५ हजार सीमा सुरक्षा बलको जनशक्ति छ, जबकि नेपालमा करिब ११ हजार जति छ,” उनले भने, “भारतको जति सुरक्षाकर्मीको सङ्ख्या पुर्याउनुपर्छ भन्ने होइन तर बढाउनु चाहिँ पर्छ, जसले सीमा सुरक्षा प्रभावकारी हुन्छ।”
फेरि, सीमा सुरक्षार्थ राखिएका बीओपी कच्ची र भाडाको घरमा बढी छन्। केही बीओपी मात्रै सरकारी भवनमा छ। उता भारततर्फ भने सबै सीमा सुरक्षा बलको आफ्नै पक्की कार्यालय छ।
यससँगै पर्याप्त सवारीको असुविधा पनि बीओपीलाई छ। कतै मोटरसाइकल त एकाध ठाउँमा मात्रै गाडीको सुविधा छ।
यसले गर्दा सरकारले सीमा सुरक्षार्थ स्थापना गरिएका बीओपीलाई व्यवस्थित गर्न बाँकी छ। पर्याप्त सवारीसाधन, सुविधा सम्पन्न र व्यवस्थित भवन, पर्याप्त जनशक्ति र पाँच सयको सङ्ख्यामा बीओपी भएको अवस्थामा नेपाली भूमि मिचिने क्रम घट्न सक्ने देखिन्छ।
नेपाली सेनाले पनि देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा समन्वय र सूचना संकलन गर्न सर्भे तथा सीमा अनुगमन निर्देशनालय गठन गरिसकेको छ। निर्देशनालय सहायक रथीको नेतृत्त्वमा छ।
निर्देशनालयलाई अन्तर्राष्ट्रिय सीमासम्बन्धी सेनाको मुख्य केन्द्रका रूपमा विकास गर्ने, र सन्धि, सम्झौता तथा सीमानाको नक्सा तथा अति संवेदनशील कागजपत्रको अभिलेखीकरण तथा संरक्षण गर्ने सेनाको तयारी छ।
" /> काठमाडौं। सरकारले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षामा गम्भीरता देखाएको छ। छिमेकी राष्ट्र भारतबाट सीमा मिच्ने क्रम निरन्तर भएपछि सरकार आफ्नो देशको सीमा रक्षा गर्न गम्भीर देखिएको हो।सीमा सुरक्षाका लागि सरकारले सीमा निगरानी पोष्ट (बीओपी) धमाधम स्थापना गर्दै आएको छ। हाल देशको सीमा रक्षार्थ १५६ वटा बीओपी स्थापना भएका छन्।

">