काठमाडौं। भारतीय पत्रकार अर्नव गोश्वामी कारबाहीको दायरामा तानिएका छन्। रिपब्लिक टीभीका सम्पादक रहेका गोश्वामीविरुद्ध महाराष्ट्र विधानसभामा विशेषाधिकार हनन् प्रस्ताव दर्ता भएको छ।
शिवसेनाका विधानसभा सदस्य प्रताप सरनाइकले गोश्वामीविरुद्ध यो प्रस्ताव दर्ता गरेका हुन्। यो प्रस्तावपछि महाराष्ट्र विधानसभामा केहीसमय हङ्गामा मच्चिएको थियो। जसका कारण आधा घण्टाका लागि विधान सभा स्थगित पनि गरिएको थियो। विधान सभाले यो प्रस्ताव स्वीकार गरिसकेको हुँदा उनीविरुद्ध चाँडै नै कारबाही प्रक्रिया अघि बढ्ने निश्चित छ।
गोश्वमामीका विरुद्ध कडाभन्दा कडा कारबाहीको माग गरिएको परिवहन मन्त्री अनिल परबले बताएका छन्। परबले भने, "यदि कुनै पत्रकारकाविरुद्ध केही गरेमा वा ऊमाथि हातपात गरेमा कारबाही हुने कानुन त यो विधान सभाले बनायो। त्यस्तै पत्रकारले कुनै जनप्रतिनिधिका विरुद्धमा केही गर्यो भने उसलाई कारबाही हनुपर्छ वा पर्दैन।"
मुख्यमन्त्री र राष्ट्रवादी कांग्रेसका प्रमुखविरुद्ध गोश्वामीले प्रयोग गरेको भाषाको निन्दा गर्दै सरनाइकले भनेका छन्, "मुख्यमन्त्री उद्धव ठाकरे र राष्ट्रवादी कांग्रेसका प्रमुख शरद पवारविरुद्ध अर्नव गोश्वामीले प्रयोग गरेको भाषाको म निन्दा गर्छु। अभिव्यक्ति स्वतन्त्रताको नाममा उद्धव ठाकरे र शरद पवार, दुवैको प्रतिष्ठा धूमिल पार्ने प्रयास भएको छ। अर्नवविरुद्ध कडाभन्दा कडा कारबाही हुनुपर्छ।"
परबले विधान सभालाई पत्रकारको सुरक्षार्थ कानुन बनाउने अधिकार भएजस्तै पत्रकारविरुद्ध कारबाहीको अधिकार पनि रहेको बताएका छन्।
महाराष्ट्र विधानसभामा गृहमन्त्री अनिल देशमुखले अन्वय नाइक मृत्यु प्रकरणको पनि जाँच हुने बताए। अन्वय एक मराठी इन्टेरियर डिजाइनर थिए र उनले २०१८ मा आत्महत्या गरेका थिए। उनले आत्महत्या अघि लेखेको पत्रमा आत्महत्याको कारण अर्णव भएको बताएका थिए।
गोश्वामीले रिपब्लिक टीभीको इन्टेरियर डिजाइन गराएको र त्यसको भुक्तानी नगरेको उनले पत्रमा लेखेका थिए। महाराष्ट्रका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ केही दिन पहिलेसम्म 'जस्टिस फर अन्वय' ह्यासट्याग खुबै चलेको थियो।
लिम्पियाधुरा लिपुलेक र कालापानी समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि अर्नवले नेपाल र नेपालीप्रति गरेको टिप्पणीका कारण उनको यहाँ पनि खुबै आलोचना भएको थियो।