गण्डकी प्रदेशका १४६ प्रहरीमा कोरोना, ६० निको भए
पोखरा। गण्डकी प्रदेशका आठ जिल्लाका एक सय ४६ प्रहरीमा कोरोना सङ्क्रमण देखिएकोमा ६० जना निको भएका छन्।

प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता किरण राणाले एक सय ४६ मा कोरोना सङ्क्रमण देखिएकोमा ६० जना कोरोना मुक्त भई नियमित काममा फर्केको र ८६ जना हाल उपचाररत रहेको जानकारी दिए।

सङ्क्रमण देखिएका तनहुँ, बागलुङ, नवलपरासी पूर्व, स्याङ्जा, कास्की, लमजुङ, म्याग्दी र मनाङका छन्। क्वारेन्टिनमा र आइसोलेशनमा बसेकालाई आवश्यकतानुसार मनोपरामर्श गर्ने, स्वास्थ्यकर आहारविहारको व्यवस्था, शारीरिक व्यायाम, योगलगायतका अभ्यास गराउने गरिएको छ।

आईसोलेशनको मापदण्ड बमोजिम सेवा सुविधा, पत्रपत्रिका र रेडियो टिभिको व्यवस्था गरिएको छ। प्रहरीमा कोरोना जोखिम बढ्दै गएपछि विशेष सर्तकता अपनाईएको छ “स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै ड्यूटी निर्वाह गर्ने र सङ्क्रमित भई हालेमा अन्य प्रहरीमा फैलन नदिन समूहगत विभाजन गरी ब्यारेकमा रहने, काममा परिचालन गर्ने र कार्यालयगत कामकाज गर्ने व्यवस्था मिलाएका छौ”, राणाले भने।

सङ्क्रमणबाट प्रभावित प्रहरी कार्यालयमा कामकाजमा बाधा हुन नदिन गण, गुल्मबाट प्रहरी पठाइएको र फिर्तापश्चात कोभिड– १९ परीक्षण गरिएको छ। अति आवश्यक घरायसी समस्याले घर गएका प्रहरी कार्यालयमा हाजिर हुन आउँदा क्वारेन्टिनमा राखी पीसीआर परीक्षण पश्चात नेगेटिभ आए काममा लगाउने र पोजिटिभ देखिएमा आईसोलेशनमा राखिन्छ।

कार्यालय परिसर, कोठा एवम् प्रहरी हिरासतलाई समय समयमा डिस्ईन्फेक्सन गरिएको र प्रहरीबाट तयार पारिएको कोभिड– १९ महामारी विरूद्धको कार्ययोजना बमोजिम काम गरिएको छा। चुनौतीहरुको रुपमा स्वास्थ्य परीक्षण विनानै प्रहरी सीमामा र अन्य काममा खटिनुपर्ने र जघन्य अपराधमा संलग्नलाई पक्राउ एवम् नियन्त्रणमा लिँदा निजको सम्पर्कमा आएकालाई सङक्रमण हुने सम्भावना बढी रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कोरोनाको जोखिममा उच्च सर्तकता अपनाएर शान्तिसुरक्षाका लागि प्रहरी खटिएको बताए। उनले भने, “जिल्लामा नौ सय ५० हाराहारी प्रहरी छन्, ८० प्रहरी एकाइ छ, जोखिम छ, सतर्कता अपनाएर कामका खटिएका छौँ।”

रासस

प्रतिक्रिया दिनुहोस्