तीन जना मृत अवस्थामा फेला
<p>काठमाडौं। सिरहाको मिर्चैया नगरपालिका-६ बस्ने ३६ वर्षीया रीना देवी पूर्वे आफ्नो घरको कोठामा मृत अवस्थामा फेला परेकी छन्। </p>
<p>झापाको मेचीनगर नगरपालिका–८ बस्ने ६० बर्षीया कर्मी उराउ सोही नगरपालिका–५ घोडाजिङस्थित चिया बगानमा मंगलबार मृत अवस्थामा फेला परेकी छन्।</p>
<p>तनहुँको ब्यास नगरपालिका–१० खहरेस्थित जंगलको गोरेटो बाटोमा सोही ठाउँ बस्ने ५० वर्षीय शान्ति माया सुनार मंगलबार मृत अवस्थामा फेला परेकी छन्।</p>
<p>घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
