सरकारी छाप दस्तखत किर्ते मुद्दाका दोषी पक्राउ
कैलाली। सरकारी छाप दस्तखत किर्ते मुद्धाका फरार दोषी गोदावरी नगरपालिका–३ बस्ने ६३ वर्षीय ईश्वरी प्रसाद दाहाललाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला मालपोत कार्यालय बर्दियामा २०६५ सालमा खरिदार पदमा कार्यरत रहँदा दाहाल समेतका २ जनाले नेपाल सरकारका नाममा रहेको बर्दिया जिल्लाका विभिन्न स्थानका जग्गाको किर्ते कागजपत्र बनाई विभिन्न व्यक्तिहरुबाट आर्थिक लाभ लिएका थिए।

उक्त मुद्धामा जिल्ला अदालत बर्दियाको २०७३ मंसिर ३० गते उनलाई ३ वर्ष ५ महिना कैद फैसला सुनाएको थियो। त्यसपछि उनी हालसम्म फरार थिए।

उनलाई आफ्नै घरमा रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्