लागुऔषधसहित तीन जना भक्तपुरबाट पक्राउ

काठमाडौं। प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ परेको छ। महानगरीय अपराध महाशाखा र भक्तपुर प्रहरीले लागूऔषधसहित ३६ वर्षीय विष्णु प्रधान, ३७ वर्षीय डम्बरबहादुर प्रधान र ३२ वर्षीय शंकर खडकालाई पक्राउ गरेको हो।

पक्राउ परेका प्रधानद्धय सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर–७ तथा खड्का सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका वडा नम्बर–५ का हुन्।

उनीहरूको साथबाट प्रहरीले डाइजापाम दुई हजार ९५० एम्पुल, नाइट्रोभेट तीन हजार एम्पुल, बुप्रेनोर्फिन एक हजार पाँच सय एम्पुल, प्रोमाथाजिन दुई हजार नौं सय ५० एम्पुल र नुफिन एक हजार चार सय एम्पुल बरामद गरेको छ।

महानगरीय अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले प्रधानद्धयलाई भक्तपुरको सल्लाघारी क्षेत्रबाट पक्राउ परेको बताए।

उनीहरू सवार रोकी रोखेको ना.ख. ९८९ नम्बरको कन्टेनरलाई चेकजाँच गर्ने क्रममा मङ्गलबार बिहान प्रहरीले चालकको सिट मुनिबाट उक्त लागूऔषधहरूलाई बरामद गरेको कार्कीले बताए।

प्रधानद्धयको पक्राउपछि प्रारम्भिक अनुसन्धानको क्रममा लागूऔषध कारोबारमा खड्कासमेत संलग्न रहेको खुलेपछि उनलाई काठमाडौंको बुढानीलकण्ठ क्षेत्रदेखि प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई अपराध महाशाखाले महानगरीयप प्रहरी परिसर भक्तपुर पठाएको छ।

प्रतिक्रिया दिनुहोस्