प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल जाँदै
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज केही बेरमा ग्रान्डी अस्पताल जाँदैछन् । नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली अस्पताल जान लागेको प्रधानमन्त्रीनिकट स्रोतले देखापढीलाई बतायो ।

प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईंले नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री अस्पताल जान लागेको बताएका छन् ।

यसअघि प्रधानमन्त्री ओली १३ कात्तिकमा ग्रान्डी अस्पताल भर्ना भएका थिए ।

१४ कात्तिकमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डाइलाइसिस गरिएको थियो र सोही दिन उनी डिस्चार्ज भएका थिए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्