काठमाडौं। संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा लागेको डढेलो यसवर्ष झण्डै ९ लाख हेक्टर जमिनमा फैलिएको छ।
क्यालिफोर्निया वन विभागका अनुसार एकै मौसममा यतिठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलो पटक हो।
विभागले हिजो सार्वजनिक गरेको विवरणमा डढेलोबाट हालसम्म आठजनाको मृत्यु भएको र तीन हजार ३०० भन्दा बढी संरचना ध्वस्त भएको उल्लेख छ। विभागका अनुसार निकै तीब्र हावा र न्यून आद्रताले समस्या अझ जटिल बनाएको छ।
डढेलो नियन्त्रणका लागि हाल १४ हजार १०० भन्दा बढी अग्निनियन्त्रकहरु दिनरात जुटेका छन्।
लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयका जलवायू विज्ञ ड्यानिल स्वेनले यस वर्षको डढेलो क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा खतरनाक रहेको बताए। सन् २०१८ को भन्दा यस वर्ष बढी क्षति गरेको उनले जानकारी दिए।
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले धेरैवटा काउन्टीमा आपतकालीन स्थितिको घोषणा गर्नु भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्ट २२ मा क्लालिफोर्नियामा विपद् घोषणा गरेका थिए। गभर्नर न्यूसमले पनि अगस्ट १८ मा राज्यव्यापी आपतकाल घोषणा गरेका छन्।
रासस/एएनआई
" /> काठमाडौं। संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा लागेको डढेलो यसवर्ष झण्डै ९ लाख हेक्टर जमिनमा फैलिएको छ।क्यालिफोर्निया वन विभागका अनुसार एकै मौसममा यतिठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलो पटक हो।

">