काठमाडौं। पछिल्लो साढे चार महीनाको अवधिमा नेपालमा ४ हजार २३७ जना व्यक्तिलाई सर्पले टोकेको छ। २०७७ वैशाख १ देखि भदौ २० गतेसम्म सर्पको टोकाईका कारण १७ जनाको मृत्यु भइसकेको छ।
यो तथ्याङ्क सामुदायिक सर्पदंश उपचार केन्द्रमा सर्पले टोकेपछि उपचार गर्न आउनेको संख्या मात्र हो। उपचार गर्न नआउने र उपचारै नपाउनेको संख्या जोड्ने हो सर्पबाट प्रभावित व्यक्तिको संख्या अझ बढी हुन्छ। सामुदायिक सर्पदंश उपचार केन्द्र बाहेकका स्थानमा उपचार गर्न आउनेको संख्या पनि यसमा जोडिएको छैन।
“अहिले देशभर २३ स्थानमा सामुदायिक सर्पदंश उपचार केन्द्रहरू सञ्चालनमा छन्। समुदायसँग मिलेर सेनाले केन्द्र मार्फत सर्पले टोकेकाहरूको उपचार गरिरहेको छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले देखापढीसँग भने, “२०७७ वैशाख १ देखि भदौ २० गतेसम्मको अवधिमा ४ हजार २३७ जनालार्य सर्पदंशको उपचार प्रदान गरिएको छ।”
गृह मन्त्रालयको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको तथ्याङ्क अनुसार सोही अवधिमा सर्पको टोकाईबाट देशभर १७ जनाले ज्यान गुमाइसकेका छन्। सप्तरीमा ३, सिराहामा २, दाङमा ४ र मोरङ, सुनसरी, महोत्तरी, बारा, रुपन्देही, दैलेख, दार्चुला र कञ्चनपुरमा एक-एक जनाको यो वर्ष सर्पको टोकाइबाट मृत्यु भएको छ।
नेपाली सेनाका अनुसार यो वर्ष सबैभन्दा बढी सिराहामा सर्पले टोकेको छ। सिराहामा पछिल्लो साढे चार महिनामा ८१३ जना सर्पले टोकेपछि सामुदायिक सर्पदंश उपचार केन्द्रबाट उपचार लिएका थिए।
बितेका साढे चार महीनामा झापामा ७२९, कपिलवस्तुमा ६९९, सुनसरीमा ६८३, सर्लाहीमा ३३६, उदयपुरमा २८५, नवलपरासीमा २०४, सप्तरीमा १५०, महोत्तरीमा १२३, कैलालीमा ११७, कञ्चनपुरमा १०६, बर्दियामा ४४, पर्सामा ४०, बाँकेमा ३०, मोरङमा १५ र धनकुटामा १६ जनालाई सर्पले टोकेको सेनाको तथ्याङ्कले देखाउँछ।
“सीमा क्षेत्र नजिक रहेका हाम्रा केन्द्रमा भारतबाट पनि उपचार गर्न आउँछन्,” सैनिक प्रवक्ता पौडेलले भने।
केही वर्षअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरेको एक अध्ययनमा नेपालमा वार्षिक २० हजारभन्दा बढी व्यक्तिलाई सर्पले टोक्ने र तीमध्ये एक हजारभन्दा बढीको मृत्यु हुने देखाइएको थियो।
सबैभन्दा बढी सर्प प्रभावित जिल्ला
सेनाको तथ्याङ्क अनुसार पछल्लो दशकमा नेपालका १६ जिल्लामा मात्र ६५ हजार १७० जनालाई सर्पले टोकेको छ। यीनै १६ जिल्लाहरू सर्पबाट सबैभन्दा बढी प्रभावित रहेका छन्।
सबैभन्दा बढी प्रभावित १६ जिल्लामा झापा, कपिलवस्तु, सुनसरी, नवलपरासी, सर्लाही, सिरहा, उदयपुर, महोत्तरी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, पर्सा, सप्तरी, मोरङ र धनकुटा छन्।
झापाको चारआली स्थित सेनाको व्यारेकमा रहेको सर्पदंश उपचार केन्द्रमा २०६० साल यता १७ हजार ३ सय ६० जनाले सेवा लिएका थिए।
कपिलवस्तुका दुई स्थानमा २०६० र २०६७ सालमा सर्पदंश उपचार केन्द्र स्थापना गरिएको थियो। ती दुई स्थानबाट हालसम्म १३ हजार २०९ जनाले उपचार पाएका छन्।

सुनसरी इटहरी व्यारेकमा २०६९ सालमा स्थापना गरिएको सर्पदंश उपचार केन्द्रबाट हालसम्म ११ हजार ६ सय ७९ जनाले सेवा प्राप्त गरेका छन्।
नवलपरासीमा सर्पदंश उपचार केन्द्र २०६२ सालमा स्थापना गरिएको थियो। त्यहाँ हालसम्म ५ हजार २३४ जनाले सर्पले टोकेपछि उपचार लिएका छन्।
सर्लाहीको लालबन्दीमा २०७० सालमा स्थापना भएको सर्पदंश उपचार केन्द्रमा ५ हजार १५२ जनाले उपचार सेवा लिइसकेका छन्। सिराहामा रहेका दुई वटा सर्पदंश उपचार केन्द्रबाट हालसम्म ७ हजार १४९ जनाले सेवा प्राप्त गरेका छन्।
औषधि भारतबाट ल्याइन्छ
नेपालमा खासगरी चारथरी सर्पले टोकेमामात्र औषधी उपलब्ध हुन्छ। ती चारथरी सर्पमा- करेत, कोब्रा (गोमन), श-स्केल्ड भाइपर र रुसेल्स भाइपर। यी वाहेकका सर्पले टोकेमा नेपालमा औषधी पाइँदैन।
“नेपालमा खतरनाक र टोक्यो भने मान्छे मार्ने खालका चार प्रकारका सर्पहरु छन्। अन्य सर्पले टोक्यो भने दुख्छ तर मान्छे मर्दैन। त्यसैले चार प्रकारका सर्पहरूले टोकेमा प्रयोग हुने औषधी यहाँ उपलब्ध छ,” टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिए।
नेपालमा पाइने विशालु सर्पमा चार प्रकारका करेत, तीन प्रकारका कोब्रा, ९ प्रकारका भाइपर्स र एक प्रकारको रुसेल्स भाइपर छन्।
पहाडतिर पाइने सर्प कम विशालु हुने कारण टोकीहाले दुख्ने र सुनिने भए पनि ज्यानै भने लिदैनन्।
“करेट, कोब्रा लगायतका विशालु सर्पले टोके नसा तथा मासुलाई प्लारलाइज्ड गर्छ र समयमै उपचार नपाए स्वास फेर्न नसकेर मान्छे मर्छ,” बास्तोलाले भने। तराई भेगमा पाइने सर्पहरु बढी विशालु हुने उनले जनाए।
पहाडतिर पाइने सर्प कम विशालु हुने कारण टोकीहाले दुख्ने र सुनिने भए पनि ज्यानै भने लिदैनन्। सर्पदंशको उपचारका लागि नेपालमा आवश्यक पर्ने औषधिहरू भारतबाट ल्याईने उनले बताए।
डब्लुएचओको सहयोगमा ‘नेपालमा सर्पदंशको उपचार गर्नको लागि प्रभावकारी र किफायती एन्टिभेनम आवश्यक’ शीर्षकमा सन् २०१७ मा गरिएको एक अध्ययनमा नेपालमा आयातित एक शीसी एन्टिभेनको मूल्य १९ अमेरिकी डलर पर्न आउने उल्लेख गरिएको छ। नेपालमा कम्तीमा वार्षिक ४० हजार सीसी यस्तो एन्टीभेनम प्रयोग गरिने अध्ययनमा उल्लेख छ। अर्थात नेपालमा सर्पदंशको उपचारको लागि वार्षिक कम्तीमा पनि ९ करोड रूपैयाँको एन्टीभेनम आयात गरिन्छ।
सर्प पाल्न ७२ करोड रूपैयाँ
केही दिनयता नेपालमा ‘सर्प पालन’ निकै चर्चामा छ। चर्चामा आउनुको कारण हो- संघ, प्रदेश र स्थानीय सरकार मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सर्प पाल्न भन्दै ७२ करोड रूपैयाँ दिनु।
यति ठूलो रकम झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिने निर्णय यस्तो बेला भयो जतिबेला जनता कोरोना महामारीले थलिएका छन्, लकडाउन, कर्फ्यु र निषेधाज्ञाका कारण दुई छाक जोहो गर्न सकिरहेका छैनन्।
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्न ७२ करोड रूपैयाँ दिने निर्णय तिन तहका सरकारले गरेका हुन्। सर्प पालेर विष उत्पादन गरी भारत पठाउने प्रतिष्ठानको उदेश्य रहेको छ। विष बेच्न प्रतिष्ठान सफल भए फेरि पनि सर्पदंशको उपचारको लागि नेपाललाई आवश्यक पर्ने औषधी त भारतबाटै खरिद गरी ल्याउनु पर्छ।