कञ्चनपुर। नेपाल-भारत सीमास्थित बेलौरी नगरपालिका-१० दशगजा क्षेत्रबाट ब्राउनसुगरसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउनसुगरसहित हिजो साँझ उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वेदकोट नगरपालिका-९ सुन्दरपुरका २९ वर्षीय पृथ्वी डगौरा र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश राना रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।
दशगजा क्षेत्रमा भारतीयहरुले कालो प्लाष्टिकमा माटो बाँधेर ब्राउनसुगर नेपाली सीमातर्फ फालेका थिए । उक्त स्थानमा रहेका डगौरा र चौधरीको खानतलासी लिँदा उनीहरुको साथबाट ब्राउनसुगर बरामद भएको थियो।
बरामद ब्राउनसुगर र नियन्त्रणमा लिइएका दुवैजनालाई थप कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको छ। रासस
" /> कञ्चनपुर। नेपाल-भारत सीमास्थित बेलौरी नगरपालिका-१० दशगजा क्षेत्रबाट ब्राउनसुगरसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउनसुगरसहित हिजो साँझ उनीहरूलाई पक्राउ गरेको हो।

">