काठमाडौं। साउदी अरबका पत्रकार जमाल खाशोग्गीको हत्यामा संलग्न ८ जनालाई जेल सजाय सुनाइएको छ। सन् २०१८ मा खाशोग्गीको हत्या भएको थियो। साउदी अदालतले हत्याका आरोपितहरुलाई ७ देखि २० वर्षसम्मको सजाय सुनाएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
सार्वजनिक अभियोजन सेवालाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले भनको छ, “अपराधी मध्ये पाँच जनालाई २० वर्ष जेल र अन्य तीनलाई सातदेखि १० वर्ष जेल सजाय दिइएको छ।”
यसअघि उक्त मुद्दामा साउदी अरबको एक अदालतले पाँच जनालाई मृत्यु दण्डको फैसला सुनाएको थियो।
अदालतको अन्तिम फैसला खाशाग्गीका छोराहरूले आफुहरूले हत्यारालाई ‘माफी’ दिएको बताएको केही महिनापछि आएको छ।
उनीहरूले गत मेमा आफ्ना पिता तथा अमेरिकी पत्रिका वासिङ्टनका लागि काम गरेका प्रसिद्ध साउदी पत्रकार खशोग्गीका हत्याराहरूलाई ‘माफी’ दिएको बताएका थिए ।
" /> काठमाडौं। साउदी अरबका पत्रकार जमाल खाशोग्गीको हत्यामा संलग्न ८ जनालाई जेल सजाय सुनाइएको छ। सन् २०१८ मा खाशोग्गीको हत्या भएको थियो। साउदी अदालतले हत्याका आरोपितहरुलाई ७ देखि २० वर्षसम्मको सजाय सुनाएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।सार्वजनिक अभियोजन सेवालाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले भनको छ, “अपराधी मध्ये पाँच जनालाई २० वर्ष जेल र अन्य तीनलाई सातदेखि १० वर्ष जेल सजाय दिइएको छ।”

">