सीपीएलमा सट्टेबाजी गर्ने पक्राउ

भरतपुर। जिल्ला प्रहरी कार्यालय चितवनले सट्टेबाजी र लागू औषधको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार सिपिएल क्रिकेटमा सट्टेबाजी खेलाउने चार र लागू औषधसहित दुई जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा नवलपरासी सुस्ता पूर्व गैडाकोट नगरपालिका वडा नं.२ का २८ वर्षीय सविन कँडेल र ३४ वर्षीय राजेश सिग्देल छन्।

भरतपुर महानगरपालिका वडा नं.७ का २२ वर्षीय रिनाज आचार्य र २८ वर्षीय सन्जिल लामिछाने छन्। उनीहरुलाई प्रहरीले अनलाईन सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको हो।

उनीहरुबाट नगद १ लाख ७२ हजार ५ सय र सट्टेबाजीको लागि प्रयोग गरेका मोबाइलवरामद गरीएको थापाले जानकारी दिए।

यसै गरी प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नं.२ का २५ वर्षाीय किशोर शाह र स्याङजा गल्याङ नगरपालिका वडा नं.१ घर भई हाल खैरहनी नगरपालिका वडा नं.१ बस्ने ४२ वर्षका राजेश बस्याल छन्।

उनीहरुलाई आइतबार साँझ ६ बजे भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट पक्राउ गरिएको हो।

रासस

प्रतिक्रिया दिनुहोस्