कञ्चनपुरबाट हतियारसहित एक युवक पक्राउ
<p>कैलाली। कञ्चनपुरमा सशस्त्र प्रहरी बलले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ।</p>
<p>बेलौरी नगरपालिका -१० भुडाका २४ वर्षीय खुसीराम चौधरीलाई १ थान कटुवा पेस्तोल र सोको २ थान गोली सहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भुडाले पक्राउ गरेको हो।</p>
<p>उनलाई हतियारसहित फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताए।</p>
<p>पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय बेलडाँडी बुझाइएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कंचनपुर ल्याइने प्रहरी नायव उपरीक्षक थापले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
