६३ जना सैनिकमा एकैदिन कोरोना पुष्टि <p>कैलाली। सुदूरपश्चिम पृतना तालिम सिक्षालयमा कार्यरत ६३ जना सैनिकमा एकैदिन कोरोना पुष्टि भएको छ।</p> <p>सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार भएको पीसीआर परीक्षणमा लम्किचुहा नगरपालिकाको गोरङ्गेमा रहेको शिक्षालयमा रहेका ६३ जनामा नेपाली सेनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए।</p> <p>यसअघि शिक्षालयमा कार्यरत चार जना सेनामा संक्रमण पुष्टि भएपछि २४५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्