लोकल रक्सीको ‘ब्रान्ड’ बनाउने बहस चलिरहँदा प्रहरीले नष्ट गर्यो ३१८० लिटर मदिरा
सर्लाही। देशका केही सांसदहरुले घरेलु (लोकल) रक्सीको ब्रान्ड बनाई विदेश निर्यात गनुेपर्ने तफ वहस चलाइरहेका बेला प्रहरीले भने घरेलु रक्सी नष्ट गर्ने अभियानलाई रोकेको छैन।

प्रहरीले आज विहान बरहथवा नगरपालिका–८ टाँडि र गोडैता नगरपालिका–५ रामवनबाट करिब ३ हजार १ सय ८० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उक्त स्थानका घर जाँच गर्ने क्रममा अबैध रुपमा घरेलु मदिरा उत्पादन गरी राखेको फेला पारेपछि उक्त मदिरा नष्ट गरेको हो।

प्रहरीले मदिरा उत्पादन गर्न प्रयोग गर्ने १३ वटा ठूलो ड्रम, २१ वटा ग्याल्डिन र ८ वटा सानो ग्याल्डिन समेत बरामद गरेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्