पहिरोमा पुरिएर दुई जनाको मृत्यु
ताप्लेजुङ। सिरिजंघा गाउँपालिका–४ नागदेवा लघु जलविधुत आयोजनाको पावर हाउस भवनदेखि करिब १ सय मिटर माथिबाट पहिरो जाँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा उक्त पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु लिम्बु र ५५ वर्षीय विष्णुदास थेवे रहेका छन्।

घटनास्थलबाट करिब २ सय  मिटर टाढा कावेली खोलाको किनारमा उनीहरुको शव फेला परेको हो।

तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्