शिक्षण अस्पतालमा आगलागी हुँदा डेढ करोडको धनमाल नष्ट <p>काठमाडौं।&nbsp;काठमाडौं महानगरपालिका-३ स्थित त्रिवि शिक्षण अस्पताल महाराजगंजमा आगलागी हुँदा डेढ करोड रुपैयाँ बराबरको धनमान जलेर नष्ट भएको छ।</p> <p>अस्पतालको गाईनो वार्ड नजिक राखिएको फोहोर डिस्पोज गर्ने मेशिन र मेशिन राख्न बनाएको टिनको टहरामा डिजेलबाट आगो सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ।</p> <p>आगलागीबाट मेसिन र टहरा समेत जल्दा करिब १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।&nbsp;</p> <p>दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। आगलागीका सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्