काठमाडौं। युट्युब च्यानल मार्फत कोरोना भाइरस संक्रमणबारे अफवाह फैलाई सार्वजनिक शान्ति भंग गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामा अन्तिम विकल्प प्रा.लि.का संचालक ललितपुर महानगरपालिका–१४ नक्खिपोट बस्ने तेह्रथुम घर भएका ५१ वर्षीय सुबास सुब्बा लिम्बु छन्।
युट्युब च्यानलमा अन्तर्वार्ताको क्रममा उनले ‘कोरोना नै छैन, सरकारले कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरीरका विभिन्न अंगहरु (किड्नी, आँखा, लिभर) झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेकोले सडकमा आन्दोलन गर्न सबै आउनुपर्दछ’ भन्ने जस्ता उत्तेजना फैलाउने अभिव्यत्ति दिएको प्रहरीले जनाएको छ।
आम-सर्वसाधारणलाई दिग्भ्रमित गराउने, विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई सार्वजनिक शान्ति भंग गर्ने कार्यमा संलग्न रहेको जनाउँदै उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले आज पक्राउ गरेको हो।
लिम्बुलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ।
" /> काठमाडौं। युट्युब च्यानल मार्फत कोरोना भाइरस संक्रमणबारे अफवाह फैलाई सार्वजनिक शान्ति भंग गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामा अन्तिम विकल्प प्रा.लि.का संचालक ललितपुर महानगरपालिका–१४ नक्खिपोट बस्ने तेह्रथुम घर भएका ५१ वर्षीय सुबास सुब्बा लिम्बु छन्।युट्युब च्यानलमा अन्तर्वार्ताको क्रममा उनले ‘कोरोना नै छैन, सरकारले कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरीरका विभिन्न अंगहरु (किड्नी, आँखा, लिभर) झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेकोले सडकमा आन्दोलन गर्न सबै आउनुपर्दछ’ भन्ने जस्ता उत्तेजना फैलाउने अभिव्यत्ति दिएको प्रहरीले जनाएको छ।

">