बलात्कार गरेको आरोपमा पक्राउ
<p style="text-align: justify;">सप्तरी। १८ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा खडक नगरपालिका-११ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">शनिबार राति ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले किशोरलाई पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।</p>