तेहरान। भारतीय रक्षामन्त्री राजनाथ सिंह र इरानका रक्षामन्त्री ब्रिगेडियर जनरल अमिर हतामीबीच भेटवार्ता भएको छ। उनीहरुबीच इरानको राजधानी तेहरानमा भेटवार्ता भएको आइतबार भारतीय रक्षामन्त्री सिंहले ट्वीटमार्फत जानकारी दिएका छन्।
उनले सो भेटघाट निकै फलदायी रहेको बताएका छन्। त्यस भेटका क्रममा क्षेत्रीय शान्तिका साथै अफगानिस्तानका विषयमा पनि कुराकानी भएको थियो। मस्को पुगेका भारतीय रक्षामन्त्री सिंह त्यहाँबाट फर्किने क्रममा इरान गएका थिए र सोही क्रममा भारत र इरानबीचको द्विपक्षीय प्रतिरक्षासम्बन्धी मुद्दामा छलफल भएको थियो।
सो कुराको जानकारी इरानी रक्षामन्त्रालयले जानकारी दिएको हो। उनीहरुबीच यस क्षेत्रको क्षेत्रीय शान्तिका विषयमा छलफल भएकाे थियो। त्यसैगरी अफगानिस्तानको शान्ति तथा त्यहाँको स्थायित्वका बारेमा पनि उनीहरुबीचमा कुराकानी भएको थियो।
अफगानिस्तानमा शान्ति स्थापनाका लागि त्यहाँका तालिबान र सरकारबीच वार्ता हुने तयारी भएको छ। यसका लागि अफगानिस्तानबाट वार्ता टोली कतारको राजधानी दोहा जाने भएका छन्। रासस/एएनआई
" /> तेहरान। भारतीय रक्षामन्त्री राजनाथ सिंह र इरानका रक्षामन्त्री ब्रिगेडियर जनरल अमिर हतामीबीच भेटवार्ता भएको छ। उनीहरुबीच इरानको राजधानी तेहरानमा भेटवार्ता भएको आइतबार भारतीय रक्षामन्त्री सिंहले ट्वीटमार्फत जानकारी दिएका छन्।उनले सो भेटघाट निकै फलदायी रहेको बताएका छन्। त्यस भेटका क्रममा क्षेत्रीय शान्तिका साथै अफगानिस्तानका विषयमा पनि कुराकानी भएको थियो। मस्को पुगेका भारतीय रक्षामन्त्री सिंह त्यहाँबाट फर्किने क्रममा इरान गएका थिए र सोही क्रममा भारत र इरानबीचको द्विपक्षीय प्रतिरक्षासम्बन्धी मुद्दामा छलफल भएको थियो।

">