काठमाडौं। करिब पाँच महीनापछि नयाँ दिल्लीमा हिजोदेखि पुनः मेट्रो रेल शुरू भएको छ। मार्च महीनाको अन्तिम सातादेखि लगाइएको लकडाउनपश्चात् सेवा बन्द गरिएको थियो।
अगष्टको अन्त्यमा भारत सरकारले ‘अनलक’ को चौथो चरणको निर्देशन जारी गरेको थियो। सोही निर्देशन अनुसार सरकारले ७ सेप्टेम्बरदेखि राज्यमा चरणबद्ध रुपमा मेट्रो रेल पुनः चलाउन आदेश दिएको थियो।
सरकारले मेट्रो रेल चढ्ने सबै यात्रुलाई सामाजिक दूरी, मास्क प्रयोगजस्ता विषयमा ध्यान दिन अनुरोध गरेको छ। आफ्नो फोनमा आरोग्यसेतु मोबाइल एप डाउनलोड गर्न पनि भनिएको छ।
केन्द्रीय शहरी तथा आवासमन्त्री हरदीप सिंह पुरीका अनुसार सेप्टेम्बर १२ देखि सबै क्षेत्रमा मेट्रो रेल सुचारु गरिने छ। तर, कन्टेनमेन्ट जोन जहाँ लकडाउन सेप्टेम्बर ३० सम्म लागू गरिएको छ, त्यहाँ सेवा चालु गरिने छैन।
मेट्रो रेल चढ्नका लागि सेवाग्राहीले पालना गर्नुपर्ने १० नियम पनि सरकारले सार्वजनिक गरेको छ। स्टेशनमा स्यानिटाइजरको व्यवस्था, थर्मल स्क्रिनिङ, सामाजिक दूरी, यात्रु तथा मेट्रो रेल कर्मचारीले अनिवार्य मास्कलगायतको नियम पालना गर्नुपर्ने छ।
स्टेशनमा मास्क तथा स्यानिटाइजर खरिद गर्न पाइने पनि बताइएको छ। रेल यात्रुले नगद होइन, स्मार्ट कार्ड प्रयोग गर्नुपर्ने छ।
(बीबीसी)
" /> काठमाडौं। करिब पाँच महीनापछि नयाँ दिल्लीमा हिजोदेखि पुनः मेट्रो रेल शुरू भएको छ। मार्च महीनाको अन्तिम सातादेखि लगाइएको लकडाउनपश्चात् सेवा बन्द गरिएको थियो।अगष्टको अन्त्यमा भारत सरकारले ‘अनलक’ को चौथो चरणको निर्देशन जारी गरेको थियो। सोही निर्देशन अनुसार सरकारले ७ सेप्टेम्बरदेखि राज्यमा चरणबद्ध रुपमा मेट्रो रेल पुनः चलाउन आदेश दिएको थियो।

">