ढोरपाटनका बाढीपीडितलाई सहयोग <p>गलकोट। बागलुङको एक समाचार अनलाइनले आफ्नो वार्षिकोत्सवको रकम ढोरपाटनका बाढीपीडितलाई सहयोग गरेको छ।&nbsp;</p> <p>आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित आदर्शसञ्चार डट कमको प्रथम वार्षिकोत्सवका अवसरमा पीडितका लागि एक लाख ५१ हजार १५१ आर्थिक सहयोग गरिएको छ।</p> <p>वार्षिकोत्सवको खर्च कटाएर र संस्थाका शेयर सदस्यहरूसँग संकलित रकम सहयोग गरिएको संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले बताइन्।&nbsp;</p> <p>यही १७ भदौ राति भुजी खोलाको बाढीले तटीय क्षेत्रको बस्ती बगाउँदा हालसम्म १६ जनाको मृत्यु भएको छ भने २२ जना अझै वेपत्ता छन्। बाढीका कारण ८० घर पूर्णरूपमा क्षति भएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्