मौरिटानियाको विशाल बालुवाको स्तूपको छेउमा रहेको चिंगुएटी शहरले पछिल्लो १२ सय वर्षदेखि यात्रुलाई बास दिइरहेको छ। सहारा मरुभूमिको बीचमा रहेको यो नखलिस्तान सहरको स्थापना आठौं शताब्दीमा भएको थियो।
जियारतका लागि मक्का जाने तीर्थयात्रीको समूह यहाँ अडिन्थ्यो। लालपत्थरले बनेको यो नखलिस्तान विस्तारैविस्तारै पश्चिम अफ्रिकामा विज्ञान, धर्म र गणितको सबैभन्दख ठूलो कन्द्र बन्न पुग्यो। त्यहाँ कानून, चिकित्सा तथा खगोलशास्त्रका विद्वानसमेत बस्न थाले। तीर्थयात्री र विद्वान् त्यहाँ आउने-जाने गर्न थाले।
पाण्डुलिपि संरक्षण
चिंगुएटीमा धार्मिक पुस्तक, वैज्ञानिक अध्ययन तथा ऐतिहासिक महत्वका पाण्डुलिपि तयार भइरह्यो। तेह्रौं शताब्दीदेखि सत्रौं शताब्दीसम्म चिंगुएटीमा पुस्तकालय थियो, जहाँ पाण्डुलिपिलाई सजाएर राखिन्थ्यो। तीमध्ये अहिले त्यहाँ पाँचवटा पुस्तकालय सुरक्षित छ।
पुस्तकालयका संरक्षकले मध्यकालीन कुरानको हजारभन्दा बढी पाण्डुलिपिलाई सहाराको बालुवाबाट बचाएर राखेका छन्। सेफ अल-इस्लाम यस्तै एक पुस्तकालयका संरक्षक हुन्। उनी भन्छन्, ‘‘हाम्रा पुर्खाले विभिन्न विषय-धर्म, खगोलशास्त्र तथा ज्योतिषशास्त्रबारे किताब र पाण्डुलिपि लेखे।’’
संरक्षणवादीहरूले पाण्डुलिपिको संग्रह बचाउनका लागि चिंगुएटीबाट निकाल्ने कोशिस गरे, तर शहरका मानिसलाई लाग्छ, किताब उनीहरूको पुर्खाको धरोहर हो।
शहरमा रहेका लालपत्थरले बनेका भवनका ढोकाहरू चौंडा छन्, तिनका बीचबीचमा काठका सानासाना झ्याल राखिएका छन्। भित्र गएपछि हजारौं पाण्डुलिपि देखिन्छन्, जसलाई काठ र बाक्लो कागजबाट बनेको बाकसमा सम्हालेर राखिएको छ।
सेफ अल-इस्लाम पाण्डुलिपिहरू छुनुअघि हातमा पन्जा लगाउँछन्, अनि खगोलशास्त्रको पाण्डुलिपि निकाल्छन्। भन्छन्, ‘‘यो एक वैज्ञानिक किताब हो। हेर्नुस् यसमा कर्कट र तुला नक्षत्रहरुका बारेमा लेखिएको छ। कपरनिकस र ग्यालिलियोभन्दा धेरैअघि पृथ्वी गोलो छ र यो घुमिरहेको छ भन्ने कुरा मुसलमानलाई थाहा थियो।’’
पुरुषलाई मात्रै अधिकार
सेफ अल-इस्लाम बाल्यकालदेखि नै पुस्तकालयको संरक्षक बन्ने सपना देख्थे। उनी अन्य संरक्षकलाई मद्दत गर्थे। ‘‘मेरो भाग्य राम्रो थियो कि म पुरुष भएँ। कुनै पनि महिला पुस्तकालयको संरक्षक बन्न पाउँदैनन्,’’ उनी भन्छन्, ‘‘कयौं महिला संरक्षक बन्ने क्षमता राख्छन् र यसलाई राम्ररी सञ्चालन गर्न सक्छन्। तर, जब उनीहरूको विवाह हुन्छ तब उनको पति सबै संग्रहको मालिक बन्छ। यसरी पैतृक सम्पत्ति अर्को परिवारको हकमा जान्छ।’’
सहारा मरुभूमिको विस्तार भइरहेको छ। जतिजति यो दक्षिणतर्फ बढिरहेको छ, उतिउति चिंगुएटीका भवनका छतहरुमा बालुवा जम्मा हुन थालेको छ।
‘‘१९३० देखि १९९५को बीच थुप्रै परिवार ठूला शहरतर्फ गए, किनकि यहाँ उनीहरूको उँटका लागि घाँस अभाव थियो र रोजगारी पनि पाउन सकिँदैनथ्यो,’’ सेफ अल–इस्लाम भन्छन्, ‘‘पलायन हुने परिवारले पाण्डुलिपि पनि आफूसँगै लिएर गए। चिंगुएटीमा ३०मध्ये केवल १२ पुस्तकालयमात्रै बाँकी छन्। तिनमा पनि पाँच या ६ वटामात्रै खुल्छन्।’’
पुस्तकालयका मालिकलाई यतिचाहिँ थाहा छ, आफूसँग कुनै पैतृक खजाना छ। निश्चित रुपमा उनीहरूसँग खजाना छ, तर त्यो खजानामा के छ भन्नेचाहिँ उनीहरूलाई नै थाहा छैन।
जलवायु परिवर्तनका कारण बादल फाट्ने र शहरमा आँधी आउने क्रम बढेको छ। यसबाट पनि पाण्डुलिपि नष्ट भइरहेको छ। यसले इस्लामिक ज्ञानविज्ञानको अनमोल खजानाको भविष्य अन्धकार रहेको देखाउँछ।
सेफ अल-इस्लाम भन्छन्, ‘‘केही किताब एउटा घरको माथिल्लो तल्लामा थियो। पानी परेपछि त्यो भिजेर खत्तम भयो। केही पाण्डुलिपि बाख्राले खायो। केही त बच्चाहरुले खेल्ने क्रममा च्यातिदिए।’’
आम्दानी शून्य
चिंगुएटीमा कुनै पनि पुस्तकालयको मालिक हुनु सामाजिक प्रतिष्ठाको विषय हो। यसलाई कमाउने माध्यम मानिँदैन। इन्स्टिच्युट अफ रिसर्च एन्ड साइन्सका बेचिर अल मोहम्मद भन्छन्, ‘‘पाण्डुलिपिलाई के गर्ने भन्नेबारे अधिकांश मालिकलाई थाहै छैन। उनका बाबु-बराजुलाई यसबारे थाहा थियो। पाण्डुलिपि नजोगिनुमा यही ठूलो समस्याका रूपमा रहेको छ।’’

मोहम्मद भन्छन्, ‘‘हामी उनीहरूलाई त्यो कति महत्वपूर्ण चिज हो भनेर बुझाउने कोशिस गरिरहेका छौं। यस खजानालाई राख्नुमात्रै ठूलो कुरा होइन, हावापानी र अन्य विकारबाट जोगाउनु पनि जरुरी छ।’’
चिंगुएटीको अहिले राम्रो अवस्था छैन। त्यो शहरमा अहिले पर्यटक निकै कम जान्छन्। मानिसहरु किताबलाई बिर्संदै जान थालेका छन्।
सेफ अल-इस्लाम केही बच्चाहरूलाई प्रशिक्षण दिइरहेका छन्। उनी भन्छन्, ‘‘तीमध्ये दुई या तीनमा क्षमता छ। तर म भन्न सक्दिनँ, तिनले पुस्तकालयको रेखदेख गर्न सक्लान् कि नसक्लान् ! मलाई लाग्छ, यो काममा नयाँ पिँढी उत्साही छैन।’’
संरक्षणका लागि रकम छैन
मोहम्मदका अनुसार केही मानिससँग ठूल्ठूला पुस्तकालय छन्, तर त्यसको संरक्षणका निम्ति रकम छैन। यही नै ठूलो समस्या हो। ‘‘मलाई दुईटा पुस्तकालयबारे थाहा छ, जसको मालिक साउदी अरबमा बस्छन्। हामीले पाण्डुलिपि सुरक्षित राख्नु जरुरी छ। तिनलाई चिंगुएटीको बालुवामा त्यत्तिकै छाड्नु हुन्न। हामीले हार मान्नु हुँदैन,’’ उनी भन्छन्।

सेफ अल–इस्लाम भन्छन्, ‘‘आफ्नो घर, आफ्नो हातखुट्टा, आफ्नो आँखालाई अलगअलग पार्नु असम्भव भएजस्तै पाण्डुलिपि अरुलाई दिनु कठिन छ। हामीलाई स्वेच्छिक मद्दत हुन्छ भने ठीक छ। तर न त मौरिटानिया सरकार न त युनेस्को वा अन्य कुनै संगठन नै यसमा सक्षम छन्। उनीहरूसँग यो विरासतको संरक्षण गर्ने कुनै अधिकार छैन, यो हाम्रो विरासत हो।’’
(बीबीसी)