काठमाडौं। त्रिभुवन विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई सम्पर्कमा ल्याउनका लागि स्थानीय तह गुहारेको छ। विश्वविद्यालयले सञ्चालन गरिरहेको अनलाईन कक्षा र परीक्षा तालिका व्यवस्थापनमा समस्या भइरहेको भन्दै त्रिविले विद्यार्थीलाई सम्पर्कमा ल्याईदिन स्थानीय तह गुहारेको हो।
त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई पत्र पठाउँदै स्थानीय तहमा रहेका आफ्ना विद्यार्थीलाई सम्पर्कमा ल्याईदिन अनुरोध गरेका हुन्।
महामारीलाई तुरुन्तै नियन्त्रणमा लिने स्थिति नरहेको परिप्रेक्षलाई आकलन गरी विश्वविद्यालयले चैत्रको तेस्रो सातादेखि नै पठनपाठनको बैकल्पिक विधिबाट कक्षाहरू सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूको इमेल आईडी तयार गर्दै अनलाइन विधिबाट पठन-पाठन सञ्चालन गरी रहेको छ।
तर, हालसम्म पनि डीन कार्यालय, क्याम्पस, स्कूल र विभागहरु मार्फत् विभिन्न सञ्चार माध्यमबाट सम्बन्धित विद्यार्थी तथा अभिभावकहरुलाई सम्पर्कका लागि प्रयास गर्दा पनि कतिपय विद्यार्थीहरू आफू अध्ययनरत विभाग तथा क्याम्पसहरूको सम्पर्कमा नआएको हुँदा पठन-पाठन तथा स्थगन गरिएको परीक्षा तालिका व्यवस्थापन गर्न समस्या भएको परिपत्रमा उल्लेख गरिएको छ।
आ-आफ्नो स्थानीय निकायमा बसोबास गर्दै आएका त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु र निजहरुको अभिभावकहरुलाई अविलम्ब आफ्नो क्याम्पस, स्कूल, विभागमा सम्पर्क राख्नका लागि सूचना प्रवाह गरी दिनका लागि सबै स्थानीय निकायहरुमा परिपत्र गरिदिन अनुरोध गर्दै पत्र पठाएका हुन्।
" /> काठमाडौं। त्रिभुवन विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई सम्पर्कमा ल्याउनका लागि स्थानीय तह गुहारेको छ। विश्वविद्यालयले सञ्चालन गरिरहेको अनलाईन कक्षा र परीक्षा तालिका व्यवस्थापनमा समस्या भइरहेको भन्दै त्रिविले विद्यार्थीलाई सम्पर्कमा ल्याईदिन स्थानीय तह गुहारेको हो।त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई पत्र पठाउँदै स्थानीय तहमा रहेका आफ्ना विद्यार्थीलाई सम्पर्कमा ल्याईदिन अनुरोध गरेका हुन्।

">