बँदेल मार्न थापिएको विद्युतीय पासोमा करेन्ट लाग्दा मृत्यु
<p>कैलाली। गोदावरी नगरपालिका-५ कटान बस्ने २३ वर्षीय सन्तोष विकको करेन्ट लागेर मृत्यु भएको छ।</p>
<p>कञ्चनपुर कृष्णपुर नगरपालिका ८ र ९ राजघाट जंगलमा उनी समेत ७ जना काठ चोर्न गई फर्किने क्रममा बदेल मार्न थापिएको विद्युतीय पासोमा पर्दा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।</p>
<p>करेन्ट लागेर घाइते भएका सोही ठाउँ बस्ने श्याम विकको नवजिबन अस्पताल धनगढी कैलालीमा उपचार भइरहेको छ।</p>
<p>यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
