पोखरामा किशोरीलाई बतात्कार गरेको आरोपमा ट्याक्सी चालक पक्राउ
<p>कास्की। १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका-२० भलाम बस्ने ट्याक्सी चालक ३५ वर्षीय गणेश खत्रीलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>शनिबार बिहान स्थानीय जंगलको बाटोमा एक्लै हिँडिरहेको अबस्थामा डर, धाकधम्की देखाई ती किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो।</p>
<p>उनीमाथि जबरजस्ती करणी उद्योग सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
