लागूऔषध सहित दुई जना पक्राउ <p>मोरङ।&nbsp;सुनवर्सी नगरपालिका&ndash;८ खरेबारीबाट लागूऔषध एकसय एमएलको ६ बोतल स्काफ र १ सय ९० थान लेबोरेट&ndash;भाइवल सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।</p> <p>पक्राउ पर्नेहरुमा सुनवर्सी नगरपालिका&ndash;४ बस्ने १९ वर्षीय सन्जु गनगाई र सोही नगरपालिका&ndash;८ बस्ने १८ वर्षीयकिशोर रहेका छन्।&nbsp;</p> <p>प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले को.४ प९४६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक सन्जु र मोटरसाइकलमा सवार किशोरलाई पक्राउ गरेको हो।&nbsp;</p> <p>घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्