कलेजो प्रत्यारोपण सेवा दिगो बनाउन सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
काठमाडौं। त्रिवि शिक्षण अस्पतालले कलेजो प्रत्यारोपण सेवा शुरू गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले खुशी व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले कलेजो प्रत्यारोपण कार्यलाई दिगो बनाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन्।

कलेजो प्रत्यारोपण सेवाबारे जानकारी गराउन आज बालुवाटार पुगेको अस्पतालका कलेजो प्रत्यारोपण विज्ञ डा. रमेशसिंह भण्डारीको टोलीसँग प्रधानमन्त्रीले चिकित्सकहरूको कामप्रति प्रशंसा व्यक्त गरे।

टोलीले त्रिवि शिक्षण अस्पतालमा जेठदेखि शुरू भएको कलेजो प्रत्यारोपण र आवश्यक पर्ने उपकरण एवं जनशक्तिको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको थियो।

भेटमा डा. भण्डारीले कलेजो प्रत्यारोपण शुरु गरिसकेपछि निरन्तरताका लागि चुनौती बढेको भन्दै सरकारको थप सहयोग आवश्यक रहेको बताएका थिए।

शिक्षण अस्पतालमा अहिलेसम्म तीनजनाको कलेजो प्रत्यारोपण भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्