कञ्चनपुर। कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षकहरूले प्याब्सन र एनप्याब्सनको कार्यालयमा ताला लगाएका छन्।
संस्थागत विद्यालय युनियन (आईएसटीयू) ले प्याब्सन र एनप्याब्सन कञ्चनपुरको कार्यालयमा ताला लगाएको हो।
लामो समयदेखि तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूले पहिलो चरणमा तालाबन्दी गरेका हुन्।
आईएसटीयू कञ्चनपुरका अध्यक्ष चन्द्रसिंह धामी र सचिव शंकरदत्त जोशीले जारी गरेको विज्ञप्तीमा संस्थागत विद्यालयहरुले गत शैक्षिक सत्रको तलब समयमै नदिएको र माग्दा निष्कासन गर्ने गरेको जनाइएको छ।
उनीहरूले एक लाख रुपैयाँ बराबरको कोभिड-१९ बीमा गर्नुपर्ने मागसमेत अघि सारेका छन्। कञ्चनपुरमा गत वर्षको पुसदेखिको तलब नपाएको अध्यक्ष धामीको भनाइ छ।
गत वर्षको सम्पूर्ण र लकडाउनअवधिको कम्तिमा तीन महिनाको तलब दिन माग गरेका हुन्। तत्काल तलब नदिए थप आन्दोलन कार्यक्रम अगाडि बढाउने उनीहरूको चेतावनी छ।
" /> कञ्चनपुर। कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षकहरूले प्याब्सन र एनप्याब्सनको कार्यालयमा ताला लगाएका छन्।संस्थागत विद्यालय युनियन (आईएसटीयू) ले प्याब्सन र एनप्याब्सन कञ्चनपुरको कार्यालयमा ताला लगाएको हो।

">