चट्याङ लागेर एकको मृत्यु
<p>सुनसरी। देवानगञ्ज गाउँपालिका-२ देवानगञ्ज बस्ने ३० वर्षीय सन्त कुमार मेहेताको चट्याङ् लागेर मृत्यु भएको छ।</p>
<p>घर नजिकै खेतमा काम गर्दै गरेको अवस्थामा चट्याङको झट्का लागेर गम्भीर घाइते भएका उनको गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। </p>
<p>घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
