बेवारिसे भरुवा बन्दुक बरामद
<p>बर्दिया। गुलरिया नगरपालिका-४ जब्दीघाटस्थित सडक किनारबाट १ थान बेसाबुत भरुवा बन्दुक शनिबार राति प्रहरीले बरामद गरेको छ। </p>
<p>५ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको संयुक्त टोलीले उक्त स्थानमा बेवारिसे अवस्थामा रहेको उक्त हतियार फेला पारी बरामद गरेको हो। </p>
<p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
